देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ।
प्रतिक्रिया
Facebook Comment