नेपाल पौडी संघको आयोजनामा असार २२ र २३ गते एक्वेटिक्स प्रतियोगिता हुँदै

डिसी नेपाल
१६ असार २०८१ १९:१५

काठमाडौं। नेपाल पौडी संघले विश्व एक्वेटिक्स दिवसका अवसरमा प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी असार २२ र २३ गते हुनेछ।

प्रतियोगितामा खुला र उमेर समूहमा गरी जम्मा ६५ समुहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए। सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने उनले बताए। सहभागिताका लागि अनलाइन फम दर्ता जारी गरिएको र प्रतियोगीताका लागी तयारी तिव्र रहेको संघका अध्यक्ष श्रेष्ठले बताए।

खेलहरू सातदोबाटोस्थित सस्टकोर्ष पौडी पोखरीमा हुने उनले बताए। गत वैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघले गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *