रविन्द्र जडेजाले पनि छोडे अन्तर्राष्ट्रिय टी-२० क्रिकेट

काठमाडौं। भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास लिएका छन्।
भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत जारी दिँदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी-२० क्रिकेटलाई अलविदा गरेको बताएका छन्। उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी-२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी-२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु। तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद।’
बार्बाडोसमा भएको टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी-२० विश्वकप जितेको छ ।
विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।
Facebook Comment