धनुषामा जन्ती सवार बस दुर्घटनाः १३ जना घाइते

डिसी नेपाल
१७ असार २०८१ ९:३५

धनुषा। धनुषामा जन्ती बोकेको बस पल्टिँदा १३ जना घाइते भएका छन्।

गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ।

‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। दुर्घटना पश्चात बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *