युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै

काठमाडौं। जारी युरोकप अन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै छ। नेपाल इसम्य अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि शुरु हुँदै छ।
समुह चरणमा पोर्चुगल समूह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो। पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो।
त्यसैगरी स्लोभेनिया समूह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो। पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो।
पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ। गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो।
Facebook Comment