मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन

डिसी नेपाल
१७ असार २०८१ १८:५६

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै वर्तमान सत्ता समिकरण पुरै अवधि चल्ने बिफ्रिङ गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।

बाहिर चर्चा भएजस्तो सत्ता समिकरणमा असमझदारी भयो भन्ने कुरा असत्य रहेको र सकारात्मक ढंगले छलफल अघि बढिरहेको प्रधानमन्त्रीले बताएको शर्माले बताइन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संशाधन बिकास, छात्रवृति आयोजनाका लागि प्राप्त हुने करिब ३८ करोड २२ लाख रुपैया बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता शर्माले बताइन्।

बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *