रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

डिसी नेपाल
१७ असार २०८१ २२:२८

काठमाडौं।

काठमाडौं। रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका–३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपमा सवार १५ जना यात्रुहरुमध्ये ७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा माडि गाउँपालिका–३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ निवासी वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ति, अमृता घर्तिकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागी पुर्‍याइएका माडी गाउँपालिका वडा नं ३ दाबाङ निवासी ७० बर्षिय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ति महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घर्ति गाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा ८ जना बिरामीलाई रिफर गरिएको छ ।

माडि गाउँपालिका वडा नं २ घर्तिगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढा मगर, वर्ष ४२ की बरमालि घर्ति, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढा मगर, परिवर्तन गाउँपालिका वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा(चालक), गंगादेव गाउँपालिका वडा नं ७ वर्ष ५० का नैन सिंह पुन, माडी गाउँपालिका वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगरलाई थप उपचारकोलागी जिल्ला अस्पतालमा लगिएको छ ।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *