अमेरिकाबाट नेपाली राशिफल

राशिफल(जुलाई १देखि १५सम्म)

डिसी नेपाल
१८ असार २०८१ ७:२३

मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ

धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। सवारीसाधन किनबेच हुनेछ। आकस्मिक यात्राको अवसर प्राप्त होला। जागिरमा आंशिक तनाव हुनेछ। मनमा उदासीनता छाउन सक्छ। दाम्पत्य जीवनमा आंशिक तनावको योग देखिन्छ। स्वास्थ्य प्रति सचेत रहनुहोला। महत्वपूर्ण कार्य गर्दा विचार पु¥याउनु होला। यातायातको क्षेत्रको लगानीबाट खर्च बढ्नेछ। मित्रहरुको सहयोग प्राप्त होला। धर्मकर्म प्रति रुचि बढ्नेछ। परिश्रमको वृद्धि हुनेछ।

वृष राशि :इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

धर्मकर्ममा रुचि बढ्नेछ। मान्यजनबाट सहयोगको अपेक्षा गर्दा राम्रै होला। शैक्षिक प्रतिस्पर्धामा सफलताको सम्भावना देखिन्छ। खर खजाना तथा धातुजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। कष्टकर यात्राको योग देखिन्छ। राजनीतिक क्षेत्रमा विवादित निर्णयबाट लाञ्छित हुने देखिन्छ। आर्थिक कारोबार सन्तोषजनक रहनेछ। पारिवारिक मनोमालिन्यता बढ्ने देखिन्छ। तीर्थस्थलको भ्रमण गर्ने अवसर प्राप्त होला। औषधोपचारमा खर्च वृद्धि हुनेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

वैदेशिक यात्राको योग देखिन्छ। पदीय दायित्व थपिनेछन्। प्रशासनिक क्षेत्रमा आंशिक सफलताका संकेतहरु मिल्नेछन्। गीत संगीत कला साहित्यमा रुचि बढ्ने देखिन्छ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। वाणिज्यव्यापारमा सन्तोषजनक सफलता मिल्नेछ। कार्यव्यस्तता पनि बढ्ने देखिन्छ। तीर्थयात्राका सम्भावनाहरु देखिन्छन्। अवरुद्ध रहेका कार्यहरु सुचारु हुनेछन्। सामाजिक समन्वय गर्ने अवसर प्राप्त हुनेछ। प्रेमी प्रेमिकाबीचको आपसी सद्भाव घनिष्ट हुनेछ। शैक्षिक कार्यमा लाभ प्राप्त हुनेछ।

कर्कट राशि :हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आध्यात्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक उत्तरदायित्व बढ्नेछ। राजनीतिक अस्तव्यस्तताले मनमा खिन्नता उत्पन्न हुनेछ। घात प्रतिघातको कारण अप्ठ्यारो पर्न ेछ। शारीरिक आलस्यताले सताउने देखिन्छ। सवारी साधन विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। मान्यजनबाट अनावश्यक हस्तक्षेपको सम्भावना रहकोछ। लेखन कला साहित्यको क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्राज्ञिक क्षेत्रमा उन्नतिको अवसर प्राप्त हुने देखिन्छ। राजनीतिक अवस्थाका कारण असमझदारी बढ्नेछ। स्वास्थ्य प्रतिकूल रहनेछ। सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व बिग्रनेछ। परिश्रम बढ्ने देखिन्छ। लामो यात्राको योग रहेको देखिन्छ। अग्निभयको योग रहेको हुँदा सावधान रहनु रहला।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

कलाका क्षेत्रमा संलग्न हुने अवसर मिल्नेछ। ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। वैदेशिक यात्राको योग रहेको छ। कडा परिश्रमबाट मात्र सफलता मिल्नेछ। शारीरिक आलस्यताले सताउनेछ। प्रेमीप्रेमिकाबीच अविश्वास बढ्न सक्ने देखिन्छ। साझेदारीबाट गरिएको कार्यमा अल्झन आउनेछ। राजनीतिक क्षेत्रबाट असन्तुष्टि मिल्नेछ। न्यायिक अवरोध सुल्झनेछ। शारीरिक सुन्दरता बढ्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

दाजुभाइको सहयोग पर्याप्त पाइनेछ। आम्दानीका नयाँ स्रोतहरु फेला पर्लान्। पारिवारिक सद्भाव बढ्नेछ। तीर्थाटनको सुअवसर प्राप्त हुनेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ बन्नेछ। समाजबाट मान सम्मान प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। धार्मिक कार्यमा संलग्नताको अवसर मिल्नेछ। वैदेशिक यात्रामा सफलता मिल्ने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसाय सामान्य रहनेछ।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

समाजका विशिष्ट व्यक्तिहरुसँगको सम्बन्धले कार्य सफलता मिल्नेछ। राज्यबाट मान सम्मान पाइएला। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। लेखनकार्यमा मन लाग्नेछ। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। राजनीतिक कार्यमा प्रगति हुने छ। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसाय वृद्धि हुनेछ। आफन्तहरुसँगको सम्बन्धमा सुधार आउनेछ। प्राविधिक कार्यमा प्रगति हुनेछ। अध्ययन अध्यापनको नतिजा राम्रो रहनेछ। विश्वासपात्रबाट धोका पाइएला। शैक्षिक क्षेत्रको लगानीबाट लाभ मिल्नेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। मांगलिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। सन्तानबाट सहयोग पाइनेछ। समाजमा कुरा काट्नेहरु बढ्नेछन्। शारीरिक परिश्रम बढ्ने हुँदा थकानको अनुभूति होला।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

अध्ययन अध्यापनमा अवरोध आउनेछ। व्यापार व्यवसायमा प्रसस्त लाभ नहोला। पारिवारिक सुख प्राप्त हुनेछ। राजनैतिक कार्यमा गतिरोध आउला। दाम्पत्य जीवन सुखमय रहनेछ। मान्यजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। धार्मिक यात्राको योग छ। सामाजिक पद प्रतिष्ठा मिल्ने छ।सामाजिक कार्यमा समय बित्नेछ। साझेदारी कार्यमा हानी व्यहोर्नु पर्ला। रोजगारीको नयाँ अवसर मिल्ने सम्भावना देखिन्छ।

कुम्भ राशि :  गु,गे,गो,सा,सी,सु,से,सो,द

आय आर्जन सामान्य रहला। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रमाइलो यात्राको योग देखिन्छ। आकस्मिक धनलाभ पनि हुनेछ। मान्यजनको सहयोगले विशिष्ट कार्यको थालनी हुनेछ। विलासिताका सामग्रीको सङ्ग्रहमा रुची बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। पारिवारिक असमझदारी बढ्नेछ। आकस्मिक चोट पटकको योग देखिन्छ। धार्मिक कार्यमा संलग्न हुने छ। अध्ययन अध्यापनमा रुचि बढ्ने छ।

मीन राशि :  दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

वाणिज्य व्यापारमा सुधार आउनेछ। वैदेशिक व्यापारमा उन्नति हुने देखिदैन। मनमा चञ्चलता बढ्नेछ। शारीरिक दुर्वलता बढ्नेछ। स्वास्थ्यमा धन खर्चिने समय रहेको छ। शरीरका वायाँ अङ्गको पीडा हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोजगारीका नयाँ क्षेत्रहरु फेला पर्नेछ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ। विलासिताका सामग्रीको खरिद गरिएला। मित्रजनसँग भेट गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसाय सामान्य रुहनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *