कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी: ‘यो समय गिरिबन्धु चियाको हो’

डिसी नेपाल
१८ असार २०८१ ९:५१

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस-एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।

उनले भनेका छन्,’यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *