एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

डिसी नेपाल
१८ असार २०८१ ९:५८

काठमाडौं। नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो। मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन्।

 




प्रतिक्रिया

One thought on “एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

  1. कुनै हालतमा बिस्वासकाे मतको लागि पर्चण्डले अझै कसरत गर्नुपर्छ।नेपाली राजनीति मा बिस्वस्नियता मा खडेरी परेको के अहिले देखि हाे र सरक्क्क कुर्सी छाेड्नु पर्छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *