राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्‍याैं : कांग्रेस

डिसी नेपाल
१८ असार २०८१ १०:५२

काठमाडौं। नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन्।

कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताएका छन्।

उनले संबिधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संबिधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए। उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन्।

उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन्। प्रवक्ता महतले गएराती सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए।

‘अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संशाेधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ। नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म। त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ। वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ। लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ। एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ। लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो। सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *