इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्टमेन्ट अवार्ड सम्पन्न

डिसी नेपाल
१८ असार २०८१ १४:४४

कायराे। इजिप्टको राजधानी कायरोस्थित होटल ग्राण्ड पिरामिडमा नेपाल फेसन एण्ड इन्टरटेन्टमेन्ट अर्वाड-२०२४ सम्पन्न भएको छ।

हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा नेपाली मनोरञ्जन क्षेत्रका करिव डेड दर्जन व्यक्तित्वलाई अवार्ड प्रधान गरि सो कार्यक्रम यही साता सम्पन्न भएको हो। चलचित्र, भिडियो फेशन, सौन्दर्य तथा ब्यूटी पेजेन्ट एवं मोडलिङ विधालाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रम कार्यक्रम श्रृंखलाको तेस्रो संस्करण हो।

अफ्रिका महादेशको ऐतिहासिक इजिप्ट देशको राजधानी एवं पर्यटकीय शहर कायरोस्थित चारतारे होटल ग्राण्ड पिरामिडमा सम्पन्न सो अवार्ड कार्यक्रममा विविध विधागत अर्वाड वितरण गरिएको थियो।

जसमा वरिष्ठ पप गायक धिरज राईलाई किङ अफ् पपको उपाधिले सम्मान गरिएको थियो। त्यस्तै प्रोमिनेन्ट ब्यूटी एक्स्पर्ट सजना खतिवडा, एस्पायरिङ, ड्रेस डिजाइनर गीता विके, बेष्ट हेन्डिक्राफ्ट डिजाइनर मानवहादुर विके, पपुलर इन्डिजिनियस सोसियल एक्टीभिस्ट रुपा खवास, इन्फ्लुएनसिएल टाइटल विनर (मिसेस) सन्तु लामा, वेस्ट डेब्यु मोडल (फिमेल) आदत बन्यौवाट रश्नी तामाङ, वेस्ट भिडियो एडिटर टेकेन्द्र शाह, वेस्ट फोटोग्राफर अफ द इयर दीपक मैनाली, वेस्ट टाइटल विनर (मिसेस) निशु काफ्ले, एडमाइरेवल हेयर स्टाइलिस्ट लक्ष्मी भुषाल, वेस्ट सेट डिजाइनर रमेश श्रेष्ठ, पपुलर ब्युटिसियन सम्झना तामाङ र इन्स्पायरिङ टाइटल विनर (मिसेस) सोनिका राई ले प्राप्त गर्न सफल भएका थिए।

कार्यक्रममा वरिष्ठ पप गायक धिरज राईले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने हिमालयन मुविजकी सिइओ तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले झण्डै दर्जन हाराहारी मोडललाई र्‍याम्पमा उतारेकी थिइन्।

इजिप्टका पर्यटन ब्यवसायी समीर अहमद, चारतारे होटल ग्राण्ड पिरामिडका जिएम एवं व्यवसायी अहमद अब्दुल हमीद तथा ओवराय ग्रुप लक्जरका जिएम एवं व्यवसायी साम्देन तामाङको विशेष आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमकाे संचालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए। नेपाली कला, संस्कृतिको उत्थान एवं प्रवंर्धनको लागि अन्तर्राष्ट्रिय स्तरमा सो अवार्ड कार्यक्रम को आयोजना गतवर्षको बैंकक संस्करणकै निरन्तरता रहेको आयोजक पक्षले जानकारी गराएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *