‘फेश अफ राजधानी संस्करण-३’ र ‘किड्स नेपाल संस्करण-२’ को घोषणा

डिसी नेपाल
१८ असार २०८१ १५:५७

काठमाडौं । पुरुष र महिलालाई लक्षित गरेर ‘फेस अफ राजधानी-३’ यस बर्षपनि आयोजना हुने भएको छ । काठमाडौंको भिएस इन्टरनेसनल कलेजमा आयोजीत कार्यक्रममा ‘फेस अफ राजधानी-३’ को आवेदन खुल्ला गरिएको जानकारी गराइयो ।

सन् २०२० देखि नेपालमा आयोजना हुँदै आएको यस प्रतियोगिता नेपालका लागि यस बर्ष पनि हुने भएको छ भन्ने कुरा आयोजक तथा स्टुडियो एन्ड कम्पनीको डिरेक्टर मोनु शाहले जानकारी दिए ।

शाहका अनुसार प्रतियोगीतामा १७ देखी २८ बर्ष उमेरका पुरुष र महिला फेश अफ राजधानीमा सहभागी हुन सक्नेछन् ,भने किड्स नेपालका लागि ६-१६ सम्मका किड्सहरु सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ ।

‘फेस अफ राजधानी-३’ किड्स नेपालका लागी यहि असार १७ गतेदेखी सहभागी हुन चाहनेले आवेदन दिन सक्नेछन् । यसका लागी अडिसन गर्ने तयारी पनि भइरहेको छ । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी २५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याती प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइनेछ ।

सहभागीहुनेहरु मध्ये आगामी राउन्डका हुने फिनालेमा जजहरुको मुल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन् । र तीन बिजेताहरु मुम्बईमा आफ्नो देशलाई चिनाउन जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *