राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि चन्दादातालाई फकाउँदै अमेरिकी राष्ट्रपति बाइडेन

डिसी नेपाल
१८ असार २०८१ १६:२१

काठमाडौं । नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदको बहसमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार र राष्ट्रपति जो बाइडेनको प्रदर्शन राम्रो रहेन ।

बहसमा कमजोर प्रदर्शन गरेपछि उनको उम्मेदवारीको चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पार्टीका चन्दादाताहरूलाई आफू अझै पनि डोनाल्ड ट्रम्पसँग चुनाव जित्न सक्ने आश्वासन दिएका छन्।

८१ वर्षीय राष्ट्रपतिले शनिबार न्यूयोर्क र न्यु जर्सीमा चुनावी कार्यक्रममा भाग लिए र सीएनएनको राष्ट्रपतीय बहसमा आफ्नो प्रदर्शनको बचाउ गरे।

एक कार्यक्रममा बाइडेनले भने, “बिहीबारको रात मेरो लागि राम्रो थिएन, तर ट्रम्पको प्रदर्शन पनि राम्रो थिएन।” उनले भने, ‘म यो चुनाव जित्छु भन्ने वाचा गर्छु ।’

राष्ट्रपतिको बहसमा बाइडेनको प्रदर्शन खराब थियो। उनले दिएका जवाफ प्रभावकारी भएनन् । यसपछि केही डेमोक्र्याटहरूमा उनी यो चुनाव लड्ने उपयुक्त उम्मेदवार हुन् कि होइनन् भन्ने डर पैदा भयो ।

राष्ट्रपतिले यी चिन्ताहरू बुझेको बताउँछन्, तर चुनाब लड्ने निर्णय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *