‘विपद् पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य जरुरी’

डिसी नेपाल
१८ असार २०८१ २०:५४

महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपद्जन्य पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन्।

आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘विपद् व्यवस्थापनका लागि अन्तर सरकार सुदृढीकरण’ विषयक अन्तरक्रियामा उनले थोरै लगानीमा पूर्वतयारी गरिए विपद्बाट हुनसक्ने ठूलो क्षति कम गर्न सकिने बताए।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपद्मा परेर घर गुमाएकालाई राहत स्वरुप एक लाख र गरिबलाई रु तीन लाखको घर बीमा गरिदिने जानकारी दिए। प्रदेश सरकारले प्राकृतिक विपद्को सामना गर्न स्रोत र साधनले भ्याएसम्म सबै तयारी गरेको उनको भनाइ थियो। मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले विपद्पछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको धारणा राखे।

अन्तरक्रियामा मधेस प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *