सत्ता समीकरण

जासुसको खेल, ओलीविरुद्ध प्रचण्डको भारतमा झेल

डिसी नेपाल
१९ असार २०८१ ६:२३

काठमाडौं। नेपाली राजनीतिमा यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार मध्यराति चपली हाइटमा भएको लिखित सम्झौता चर्चामा छ।

तर, खुल्ला चर्चामा आउन नचाहने यसभित्र लुकेको तत्वले विगत १५ दिनमा नेपाल आएर नयाँ सत्ता समीकरणका लागि मेहनत गरेको कुरा भने गुपचूपमै रहेको छ।

स्राेतका अनुसार, अंशु शर्मा नाम गरेका भारतीय गुप्तचर संस्थाका एकजना उच्चअधिकारी असारको पहिलो साता नेपाल आएका थिए। उनले यसपटक नेपाली कांग्रेस र एमालेका नेताहरुसँग बढी गृहकार्य गरेको बताइएको छ।

एमाले अध्यक्ष ओलीसँग भारतीय संस्थापन पक्ष विगत केही बर्षदेखि नै असन्तुष्ट रहँदै आएको थियो। त्यसमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फकाएर कांग्रेससँगको गठबन्धन भत्काइदिएपछि भारत प्रचण्डको अस्थिर चरित्रसँग आक्रोशित भयो।

थाेरै सिट भएर पनि सत्ताको बागडोर निरन्तर सम्हालेको मात्र होइन ठूला राजनीतिक दलहरुबीच भारतलाई समेत प्रयोग गरेर खेलेको भन्दै भारतीय संस्थापन प्रचण्डलाई सत्ताच्यूत गर्ने अभियानमा लागेको थियो।

यसका लागि विकल्पमा रबि लामिछानेलाई अघि सारेर बामपन्थी विनाको सरकार बनाउन सकिन्छ कि भन्ने प्रयास गरिएकोमा उपेन्द्र यादवको जनता समाजवादी पार्टीमा विभाजन आएपछि असम्भव भयो। त्यसपछि प्रचण्डलाई सत्ताच्यूत गर्ने एउटै बाटो कांग्रेस एमालेको समीकारण मात्र बन्न पुग्यो।

यो अभियानमा प्रधानमन्त्री प्रचण्डको केही हप्ताअघिको भारत भ्रमणमा भएका गोप्य कुराकानीले पनि मलजल गरेको छ। नेपालको एकसय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय प्रचण्ड सरकारले गरेकोमा भारतीय पक्ष आक्रोशित थियो।

यसबारे भारतको उच्च नेतृत्वले जान्न चाह्यो। जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओलीतर्फ दोष थोपरिदिएका थिए। ओलीको जोडले सो निर्णय गर्नु परेको भन्ने प्रचण्डको भारतलाई जवाफ असारको पहिलोसाता आएका भारतीय जासुस उच्चअधिकारीले ओलीको कानमा पारिदिए।

यदि ठूलो दलको हिसावले सत्ता लिनेमा कांग्रेस पुगेमा ओलीका लागि जीवनको सबैभन्दा ठूलो राजनीतिक धोका हुनेछ। विगत केही बर्षदेखि निरन्तर बेइमानी र धोकाको राजनीति चलिरहेको नेपालमा असम्भव भन्ने केही नहुन पनि सक्छ।

सत्ता समीकरण आफूसँग गरेर आफ्नैविरुद्ध विदेशी उचाल्ने काम गरेकोमा ओलीको आक्रोश प्रचण्डका विरुद्ध झन् थपियो। आन्तरिक सरुवा बढुवा र नियुक्तिका विषयमा ओलीको असन्तुष्टि छँदै नै थियो।

प्रचण्डसँगको कुराकानी सुनाएर प्रचण्डकै विरुद्ध माहौल बनाउन सफल भएका भारतीय जासुस अंशु शर्माले देउवा र ओलीसँग नेपालमा स्थीर राजनीतिक वातावरणको पक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेको सन्देश पनि सुनाएका थिए।

नेपालमा दिगो सरकार भएको खण्डमा भारतको सुरक्षामा सहयोग पुग्नेमात्र नभई उत्तरी छिमेकी चीनको बढ्दो नेपाल प्रभावलाई कम गर्न सकिन्छ भन्ने मोदीको चाहना पनि उनले खुल्लै रुपमा राखेका थिए।

नेपालमा चिनियाँ उच्चअधिकारीहरुको श्रुंखलाबद्ध भ्रमणकै सेरोफेरोमा नेपाल आएका शर्माले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) मा हस्ताक्षर हुनबाट रोक्ने प्रयास पनि गरेका थिए।

भारतीय दवावकै कारण प्रधानमन्त्री प्रचण्डले बीआरआई सम्झौतामा हस्ताक्षर नगर्ने बाहना खोज्नु परेको थियो।

यिनै शर्मा अबको केही हप्तापछि लैनचौरस्थित भारतीय दूतावासमा रअको प्रमुखका रुपमा कार्यभार सम्हाल्न आउने बताइएको छ। यिनको पहलमा चपलीहाइटको अन्तिम वार्ताभन्दा पहिला दुई पटक कांग्रेस एमालेका नेताहरुले भेटवार्ता गरेर प्रचण्डसरकार ढाल्ने सहमति जुटाएका थिए।

त यो सहमति सतहमा आएपछि संबैधानिक जटिलता पनि सतहमा आएको छ। प्रधानमन्त्री प्रचण्डले ओलीको सहजताका लागि राजीनामा नदिने बताइसकेका छन्। उनले राजीनामा नदिए ओलीका लागि सत्ताको भर्‍याङ खुल्दैन।

बरु प्रचण्डले विश्वासको मत माग्दै केही समय राजनीतिक खेलो फड्को गर्ने छन्। उनी असफल भए ठूलो दलको हैसियतको नेपाली कांग्रेसका लागि सत्ताको ढोका खुल्ने छ।

यदि ठूलो दलको हिसावले सत्ता लिनेमा कांग्रेस पुगेमा ओलीका लागि जीवनको सबैभन्दा ठूलो राजनीतिक धोका हुनेछ। विगत केही बर्षदेखि निरन्तर बेइमानी र धोकाको राजनीति चलिरहेको नेपालमा असम्भव भन्ने केही नहुन पनि सक्छ।

याे पनि

प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *