युरोकपमा क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो। क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीट्जरल्याण्ड रहेका छन्।
राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो।
त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो।
अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीट्जरल्याण्डको समान गर्ने छ।अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदै छन्
Facebook Comment