कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा

डिसी नेपाल
१९ असार २०८१ १०:१८

काठमाडौं। जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।

क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन्।

त्यस्तै चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । त्यस्तै कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ।

क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *