पहिलो चरणमा एमालेलाई सरकारको नेतृत्व गर्न दिने कांग्रेसको निर्णय

डिसी नेपाल
१९ असार २०८१ ११:५६

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सोमबार एमालेसँग सत्ता साझेदारी गरिएको सहमतिलाई अनुमोदन गरेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुई दलको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिइने जानकारी दिए।

बैठकले एमालेसम्ग भएको समझदारी अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो।

बुधबार सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले एमालेसंग भएको सहमतिको स्वागत गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेको छ। सहमति अनुसार राष्ट्रिय सहमतिय सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी ओली र दाश्रो कार्यकाल सभापति देउवाले आगामी निर्वाचन सम्पन्न नभएसम्म नेतृत्व गर्ने प्रवक्ता डा. महतले बताए।

उनले राजनीतिक स्थीरताका साथै मुलुकमा सुशासन र समृद्धिका लागि एमालेसंग सहकार्य भएको बताए। प्रवक्ता महतले संविधानलाई सफल कार्यन्वयनका लागि आवश्यक संशोधन र सुधारका लागि सवै दलहरुसंग सघन छलफल गरिने उल्लेख गरे। कांग्रेस–एमालेबीच सरकार गठनको सहमति भएपछि स्वभाविक रुपमा मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले साना दल मिरेर सरकार बनाउदा मुलुममा अस्थीरता देखिएको भन्दै ठूला दलहरु मिलेर सरकार बनाउनु व्यवहारिक देखिएको बताए।

आवश्यकता अनुसार संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई सुदृढ बनाउनका लागि ठूला दलहरु एकठाँउमा आउनुपर्ने भन्दै उनले अहिलेको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने दृढता रहेको उल्लेख गरे।

त्यस्तै कांग्रेस कार्यसम्पादन बैठकले पार्टीका भातृसंगठनको म्याद थप गर्ने सभापतिको निर्णयलाई अनुमोदन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *