नवनियुक्त प्रतिनिधि सभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौं। प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।
प्रतिक्रिया
Facebook Comment