टी-२० अलराउण्डरको वरियतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं। भारतलाई टी–२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी–२० अलराउन्डरको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्।
आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शीर्ष स्थानमा उक्लिएका हुन्। हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका छन्।
त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुगेका छन्। त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम रहेका छन्।
Facebook Comment