मुलुकलाई स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्छः वामदेव गौतम

डिसी नेपाल
१९ असार २०८१ १८:२१

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा भाग लिदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधै राजनीतिक अस्थिरता हुने गरेको भन्दै स्थीरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका हुन्।

उनले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राखे। पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेद्वारहरु पहिले नै तय गरेर जनताकाबीच प्रस्तुत गर्ने प्रणाली स्थापीत गर्नुपर्ने उनको भनाइ छ।

गौतमले सरकारले अहिले ल्याएको बजेट घाटाको बजेट भएको, मुलुक गणतन्त्रमा प्रवेश गरेपनि पुरानै ढंगले बजेट आउने गरेको धारणा राखे।

बैठकमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, कानून मन्त्रालय, कृषि, गृह, सञ्चार लगाएतका मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *