नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने भएको छ । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले तत्काल राजिनामा नदिने भएका हुन् ।
एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छन् । सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन् ।
प्रतिक्रिया
Facebook Comment