झापाबाट सुरु हुँदै ‘मिष्टर नेपाल’ अडिसन

डिसी नेपाल
२० असार २०८१ १०:४६

काठमाडौंँ। रियलमी ‘मिष्टर नेपाल २०२४’को पहिलो चरण(छनौट चरण) को अडिसन झापाबाट सुरु हुने भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै शुक्रबार झापाबाट प्रतियोगीताको अडिसन सुरु हुन लागेको जनाएको छ।

आयोजक नेक्स्ट मोडल्स अनुसार दोस्रो अडिसन बिराटनगर जुलाई ६, तेस्रो जनकपुरमा जुलाई ७, चौथो हेटौंडा जुलाई ८, पाँचौ चितवन जुलाई ९, छैठाँै बुटवल जुलाई १०, सातौं नेपालगञ्ज जुलाई ११, आठौं धनगढी जुलाई १२, नवाैं पोखरा जुलाई १३, दशौँ काठमाडौँ जुलाई २० मा आयोजना हुनेछ ।

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक संजालबाट समेत प्राप्त गर्न सकिनेछ। देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगदर पुरस्कारर बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।

प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको विगतका विजेताले बिभिन्न अन्तराष्ट्रिय पुरस्कार समेत नेपाल भित्र्याउन सफल रहेका छन् ।

यस बर्षको प्रतियोगीता बिगतको भन्दा भब्य हुने र त्यसको तयारीमा आफु जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *