भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अपोलो अस्पतालमा भर्ना

डिसी नेपाल
२० असार २०८१ ११:२४

काठमाडौं । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीको स्वास्थ्य बुधबार बिग्रिएपछि उनलाई दिल्लीको अपोलो अस्पतालमा भर्ना गरिएको छ।

उनको अवस्था अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ । अपोलोका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा विनीत सुरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

यसअघि बुधबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । आडवाणी कुन रोगबाट ग्रसित छन् भन्नेबारेमा केही खुलाइएको छैन ।

लालकृष्ण आडवाणीलाई ३० मार्च २०२४ मा भारत रत्न प्रदान गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मु आडवाणीको निवासमा पुगेर उनलाई यो सम्मान प्रदान गरेकी थिइन् ।

आडवाणी सन् १९९८ देखि २००४ सम्म वाजपेयी सरकारमा गृहमन्त्री र २००२ देखि २००४ सम्म उपप्रधानमन्त्री थिए। उनी २००९ को आम चुनावमा बीजेपीको प्रधानमन्त्री पदका उम्मेदवार थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *