सिंगापुरकी धर्मगुरुलाई १० वर्ष जेल सजाय

डिसी नेपाल
२० असार २०८१ १४:२०

काठमाडौं । सिंगापुरकी धार्मिक नेता वु मे होलाई साढे दश वर्षको जेल सजाय सुनाइएको छ । अदालतले उनलाई आफ्ना भक्तहरूलाई धोका दिएको र उनीहरूलाई चोट पुर्‍याउने लगायत ५ वटा आरोपमा दोषी ठहर गरेको छ।

वु मे होमाथि आफ्ना भक्तहरूको ब्रेन वाश गरी आफू देवी भएको बताएको आरोप लगाइएको छ। यदि भक्तहरूले उनको आदेश पालन गरेनन् भने उनले भक्तहरूलाई क्रूर दण्ड दिन्थिन्। उनले भक्तहरूलाई उनीहरूको मल खुवाउँथिन् र प्लासले दाँत उखेलिदिन आदेश दिन्थिन् । यति मात्र होइन, उनले भक्तहरूलाई कैँचीले आक्रमण गर्ने र भवनको दोस्रो तलाबाट हाम फाल्न समेत भनिन् ।

सिंगापुरको समाचार च्यानल सीएनएको रिपोर्टका अनुसार वु मे होले आफूलाई भारतीय धार्मिक नेता श्री शक्ति नारायणी अम्माको भक्तको रूपमा वर्णन गर्छिन्। श्री शक्ति नारायणी अम्माका भक्तहरूले उनलाई देवी नारायणीको पहिलो ज्ञात अवतार मान्छन्। वु मे होले सन् २०१२ देखि सिंगापुरमा ३० भक्तहरूको समूहसँग आश्रम सञ्चालन गर्दै आएकी छिन्।

वु मे हो सन् २०१२ मा नै श्री शक्ति नारायणी अम्मासँग प्रत्यक्ष रूपमा जोडिएकी थिइन्। यस समयमा उनले आफूलाई देवता र आत्माहरूसँग कुरा गर्ने देवीको रूपमा चिनाउन थालिन्। त्यसपछि उनले आफ्ना भक्तहरूलाई आफूलाई भगवान भन्न आग्रह गरिन् ।

वु मेई होका भक्तहरूले अदालतलाई भनेअनुसार उनीहरू आफ्नो रोग निको पार्न र आफ्नो जीवन सुधार्न उनीकहाँ जाने गर्थे। यस अवधिमा वु मे होले मानिसहरूसँग पैसा माग्ने गर्थिन् । उनले आफ्नो ‘खराब कर्म’ हटाउनको लागि भारतमा अम्मालाई पैसा पठाउनुपर्ने बताइन्। यसरी वुले भक्तजनसँग ४३ करोड रुपैयाँ ठगी गरिन् ।

वुले उक्त रकम भारतमा गाईको हेरचाह, मन्दिर र विद्यालय निर्माणमा खर्च गर्ने दाबी गरेकी छन् । १० जना भक्तहरूले वुलाई अत्यावश्यक वस्तुहरू किन्न, खाना पकाउन, घर सफा गर्ने र यात्राका लागि सवारी साधनको व्यवस्था गर्न बाध्य पारेको आरोप लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *