सरकारले एआईजीमा सिफारिस भइसकेका डिआईजीलाई बढुवा नगरी घर पठायो

डिसी नेपाल
२१ असार २०८१ १०:४१

काठमाडौं। सरकारले १० दिन अघि एआईजीमा सिफारिस गरेर पनि निर्णय नगरी डिआईजी पोषराज पोखरेललाई घर पठाएको छ।

३० वर्षको जागिरे जीवनमा इमानदार भएर काम गरेका डिआईजी पोखरेललाई घर जाने बेलामा एक तह बढुवा नगरी विदा गरेको हो। आफ्नै निर्णयलाई मन्त्रिपरिषदबाट कार्यान्वयन गर्न नसक्दा एक उच्च तहका कर्मचारीलाई अन्याय भएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआईजी पोखरेलले उमेर हदका कारण अवकाश पाएका हुन्। डिआईजीको भएपनि उनले ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाउने थिए । तर सिफारिस भैसक्दा पनि डिआईजी नभई घर जानुपर्ने अवस्था सिर्जना भयो।

गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई  डिआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। तर, बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनले डिआईजीबाटै अवकाश पाएका हुन्। ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको छ।

गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा सिफारिस गरेको थियो। उनलाई १९ असारमै बढुवा गर्ने निर्णय गर्नुपर्ने थियो। तर सरकारले वेवास्था गर्दा उनी विशिष्ट श्रेणी हुनबाट रोकिएर अवकाशको अवस्थामा पुगे।

२०७९ वैशाख २३ मा तत्कालीनडिआईजी बसन्त लामालाई पनि अवकाशको मुखमा ३४ घण्टाका लागि बढुवा गरेर विदा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *