सहकारी छानबिन संसदीय समितिको गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।
शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो।
यस अघि समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment