सहकारीसम्बन्धी पाँच हजार भन्दा बढी उजुरी दर्ता

डिसी नेपाल
२१ असार २०८१ १६:०४

काठमाडौं। नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ।

सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी दिएका हुन्।

५५ हजार ४ सय १० पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेको जानकारी प्राप्त भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको थापाले जानकारी दिए। त्यस्तै उनले अनुसन्धानका क्रममा डमी ऋणी समेत खडा गरेको पाइएको बताए।

समितिले छलफलका लागि गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगाएतसँग छलफल गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *