जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

डिसी नेपाल
२१ असार २०८१ १८:३४

काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन्।

जसपाका प्रतिनिधिसभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य ,नवल किशोर शाह वन मन्त्री र हसिना खान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन्।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *