एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्छः शेखर कोइराला

डिसी नेपाल
२१ असार २०८१ १८:४०

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन्।

गिरिजा प्रसाद कोइराला लेवर फाउण्डेशन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको भन्दै यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठेरो पार्न सक्ने बताएका हुन्।

उनले संविधानलाई टेकेर हिड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जानसक्नेतर्फ सजक हुनुपर्ने धारणा राखे। उनले अब एमाले र कांग्रेसको सरकार देशलाइ निकास दिने अन्तिम विकल्प भएकाले यो बिकल्पपनि असफल भए देशमा दुर्घटना हुनसक्ने भएकाले नयाँ समिकरणलाई सफल बनाउने दायित्व सबैको भएको उल्लेख गरे।

कोइरालाले मुलुक पटक पटक अस्थिरतातर्फ जाने अवस्थालाइ रोक्नका लागि मुलुकको निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *