दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

डिसी नेपाल
२१ असार २०८१ २१:४२

खलङ्गा। दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन्। मार्मा गाउँपालिका–४ र ५ का ती परिवार विस्थापित भएका हुन्।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। बाढी घरमा पसेपछि विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

पहिरोबाट विस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए।दार्चुलामा बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *