डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड

डिसी नेपाल
२२ असार २०८१ ९:५२

मेरिल्याण्ड। नेशनल एशोसियसन अफ डेफ (एनएडि) ले मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट डा हयारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ (विधायिकी ) अवार्डले पुरस्कृत गरेको छ।

भण्डारीले अमेरिका भरिका विधायकहरुवाट उनीहरुले निर्माण गरेका कानूनको प्रभावकारिताको आधारमा छनौट गरि दिइने अवार्ड प्राप्त गरेका हुन्। भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो विधायकको रुपमा दुई पटक सम्म निर्वाचित जनप्रतिनिधि हुन्।

अमेरिकाको शिकागो राज्यमा आयोजित ५७ औ नेशनल कन्भेन्सन अफ डेफमा नागरिकको अधिकारको लागि सुनिश्चित गर्दे आएका र सन् १८५० मा अमेरिकाको न्यूईग्ल्याण्डमा स्थापना भएको नेशनल एशोसियसन अफ डेफले भण्डारीलाई उक्त अवार्डले विभुषित गरेको हो।

श्रवण,दृश्य शक्ति कमजोर भएका र पूर्ण रुपमा अपांगता भएका लाखौ अमेरिकीहरु र उनीहरुको परिवारको लागि जीवनस्तर उकास्नको लागि वकालत गर्दै आएको उक्त संस्था अमेरिकामा भएका सवैभन्दा पुरानो ईतिहास बाेकेको संस्था हो।

उक्त संस्थाका सदस्यहरुमा युएस मेम्बर अफ दि वल्र्ड फेडेरेशन अफ दि डेफ जस अन्र्तगत एक सय विस देशका एशोसियसन अफ डेफका सदस्य रहेका छन्।

अमेरिका र विश्वभरिवाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रस्तुत गरिएको थियो। उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म शिकागोमा जारी छ।

सिभिल राईटको क्षेत्रमा विगत १७० वर्ष भन्दा वढी वर्षदेखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरिवाट विधायकहरुले पास गरेको विधयेकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गरिन्छ।

एक राज्यले पास गरेको विधयेकको विषयलाई अरु राज्यमा पनि प्रभावकारिताको आधारमा कानून निर्माणको लागि मार्ग प्रशस्त हुन्छ। त्यसलाई आफनो सदस्य राष्टहरुमा पनि त्यसको अध्ययन, अनुसन्धान र तथ्यांकको आधारमा प्रमाणित गर्दे सर्वस्वीकार्यताको मापदण्डलाई समेत उत्कृष्ठ नमूनाको रुपमा लिँदै उक्त विधयेकलाई सन्दर्भ सामाग्रीरुपमा उपयोग गर्दे अनुवन्ध गरिन्छ। त्यसरी पास गर्ने विधायकहरुलाई एउटा च्याम्पेनको रुपमा ईतिहासमा दर्ज गरिन्छ।

मेरिल्याण्ड जनरल एसेम्वलीमा दोश्रो पटक निर्वाचित भएर डा भण्डारीले २३ विधयेक पास गराउन सफल हुनु भएको छ। त्यस मध्येको एउटा विधयेक डेफ एण्ड हेयरिङ सम्वन्धि विधयेक रहेको छ, उक्त विधयेकले सिनेमा घरहरुमा श्रवण शक्ति कमजोर भएकाहरुको लागि “ओपन क्याप्सन” मार्फत अडियोको सम्वाद प्रस्तुत गर्न बाध्यकारी वनाएको छ ।

पाँच वर्ष अगाडि डेलिगेट भण्डारीले बनाउनु भएको विधयेकले श्रवण शक्ति कमजोर भएका अभिभावकहरुले आफना सन्तान सँग हुने सम्वादमा अभिभावकहरुले सांकेतिक भाषामा समस्या भएको अनुसन्धानले देखाएकोले उनीहरुलाई निः शुल्क शिक्षाको लागि समेत वाईपार्रेटेशन विल रुपमा पारित गराएका थिए। साथै, उनीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु पनि उपलब्ध गराउने व्यवस्था भएको थियो।

शिकागोमा अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “नागरिकको सेवामा खटिएको र नागरिकले निर्वाचन मार्फत आवश्यक कानून वनाउन निर्वाचित गरेकाले हरेक वर्ग र तप्काको नागरिक अधिकार मेरो पहिलो प्राथमिकता हो।” उनले थपे, ‘मैले सदैव आवाज विहीनहरुको आवाज वन्न कोशिस गर्दे आएको छु, मैले मेरिल्याण्डवाट पास गरेको विधयेकले भवितव्य या अन्य कारणले श्रवण,दृश्य शक्तिलाई गुमाउनु भएकाहरुको हक अधिकार एउटा मानव अधिकारको अभिन्न अंग हो भन्ने आत्मसात गरेर नै सो विधयेक संसदमा प्रस्तुत गरेको थिए ।आवाजविहीनहरुको आवाज वन्न चुनौतीपूर्ण हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *