नेपाल आइडल विजेता करण परियारको ‘मैले सम्झिने मान्छे’ बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२२ असार २०८१ १३:४८

काठमाडौं। लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मैले सम्झिने मान्छे’ बोल रहेको गीत सार्वजनिक भएको छ ।

गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। डा.बिष्णु दाहालको शब्द रहेको गीतमा महाराज थापाको एरेन्ज रहेको छ भने नरेस बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन ।

उक्त गीतमा सितल वाग्ले र सनिसा भट्टराईको रोमान्स देख्न सकिन्छ भने गीतमा मान कृष्ण महर्जन र पवन सुस्लिङको छायांकन रहेको छ ।

विकास धमलाको सम्पादन ,राज किङ वाइबाको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।  गीतलाई म्युजिक क्र्याब युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *