गिरीबन्धुबारे ओलीलाई बालेनको अर्को कटाक्ष

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे फेरी कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै बालेनले वर्षाका कारण काठमाडौंमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै अोलीले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन्। उनले भनेका छन्, ‘काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ।’
बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ’
बालेनले लेखेका छन्–
माननीय केपी ओलीज्यू,
आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे। खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो। आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो!
अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?
काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।
Facebook Comment