मनोज गजुरेलको घरमा गएर गुण्डागर्दी गरेपछि मीना ढकाल पक्राउ

डिसी नेपाल
२३ असार २०८१ १३:०३

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् । मनोज गजुरेलको घरमा केही केटाहरु लिएर गएर गुण्डागर्दी गरेकी मीनालाई सोही स्थानबाट भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

मीनाले मनोज गजुरेलसँग सम्बन्धविच्छेद गरिसकेपछि पनि उनको परिवारविरुद्ध नकारात्मक कुराहरु बोलिरहने र मानसिक तनाव दिने गर्दै आएकी छिन् । सम्बन्धविच्छेद भएको सात वर्ष भइसक्दा पनि मीनाले मनोजको परिवारलाई तनाव दिने गरिरहेकी छिन् ।

पछिल्लो समय मीना केही अभियन्ता भनिने मानिसहरु लिएर मनोजको घरमा पुगेकी थिइन् । त्यहाँ उनले मनोजकी वृद्ध आमालाई कुटपिट समेत गरेको बताइएको छ । केटाहरु लिएर मनोजको घरमा ताला लगाउने प्रयास गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *