पहिचान के हो ?

कृष्ण बोहरा
२५ असार २०८१ ७:१४

तपाईंं को हुनुहुन्छ? तपाईंं त्यही व्यक्ति हुनुहुन्छ, जसले पटक पटक भद्रता देखाएर भद्र व्यक्तिको रुपमा पहिचान बनाउनु भएको छ। अथवा तपाईं कवि हुनुहुन्छ , तपाईंले पटक पटक कबिता लेखेर आफ्नो पहिचान बनाउनु भएको छ।

यस्तो कबिताको हरफहरु त तपाईंले हजारौं र लाखौं लेखिसक्नुभयो। म कबि होइन। किनकी म लहडमा मात्र एक दुई कबिता कोर्छु। तपाईं समाजसेवी पनि हुनुहोला किनकी समाज सेवाको काम तपाईंले कैयौं गरिसक्नुभएको छ। अवसर पाउने बित्तिकै तपाईंं यो काम गर्नुहुन्छ। समाज सेवा नै तपाईंको छनौटको बिषय बस्तु पनि हो।

माथिका हरफहरुवाट के बुझिन्छ भने कुनै पनि चरित्र बिधा वा क्षेत्रमा आफ्नो पहिचान बनाउन आफ्नो कामलाई निरन्तरता दिनुपर्दछ। पटक पटक दोहर्‍याउनु पर्दछ।

एकपटक गरेको कामले मान्छे त्यही हो भनेर सधैंकालागि पहिचान बन्न सक्तैन। कसै कसैलाई लाग्न सक्छ, एउटा पुस्तक लेखेपछि आफू लेखक भैसके। एउटा गीति एल्वम निकालेपछि आफू गायक भइसकें। ऊ लेखक त भयो नै किनकी किताब लेख्नेलाई लेखक नै भन्दछन्।

गाएक पनि भयो होला किनकी गीति एलबम निकाल्ने त गायकले नै हो नि। तर समाजले उसलाई यो रुपमा सधैं चिनिरहँदैन। किनकी उसको पहिचान यो रुपमा बनेकै छैन। पहिचान नै बन्ने गरी कुनै क्षेत्र वा बिधामा चिनिन निकै मेहनत र कठोर त्याग गर्नुपर्ने हुन्छ।

यसो भनिरहँदा यस धर्तीमा अनेकौंं लहलहाउँदा टुसाहरु, आकुँराहरु र पाउलाहरु उम्रिरहेका हुन्छन्। कतिपय आशालााग्दा बिभिन्न बिषय र बिधाका प्रतिभाहरु हुन्छन। उनीहरुले छिट्टै प्रगति गर्न पनि सक्छन्। उनीहरुलाई प्रोत्साहन दिनु आवश्यक हुन्छ।

याने कि उनीहरुले यसमा निरन्तरता दिन सकुन। पहिचान बन्न स्वयम् छनौटका कुनै पनि काममा निरन्तरता हुनै पर्दछ। यो एउटा सामाजिक जीवनको ध्रुव सत्य नियम हो। समाजमा कोही डाक्टर होला, कोही इन्जिनियर होला, कोही कृषक होला, कोही व्यपारी होला, आफ्नो पहिचान बनाउन अथक प्रयत्न र निरन्तरको प्रयास पछि मात्र सबैले यो सफलता हासिल गरेका हुन्।

कुनै पनि काममा निरन्तरता वा बार बार दोहर्‍याउने कर्मबाट यो एउटा बानी बन्छ , चरित्र बन्छ यसपछि मात्र पहिचान बन्दछ।

हिन्दू धर्म शास्त्रमा रत्नाकर नाम गरेका एक डाकू नै पछि बाल्मिकि ऋषि बनेको एउटा उदाहरण छ। पटक पटक दोहर्‍याउने कर्म संंंंँगै व्यक्तिको चरित्र र पहिचान फेरिन पनि सक्छ। यतिखेर तपाईंको आफ्नो सोचाई परिवर्तन गर्ने बिचार बनेको पनि हुन सक्छ।

यदि तपाईं नकारात्मक बिचारबाट सकारात्मक तिर बिचार गर्न लाग्नुभएको हो भने यो राम्रो कुरा हो। हो तपाईंंले आफ्नो सोचाई र स्वप्नलाई परिवर्तन गरेर अनि अथक मेहनत गर्दै नयाँ कर्ममा अभ्यस्त बन्दै जानुभयो भने तपाईंँको पहिचान समाजमा नयाँ बन्न सक्छ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्टलाई तपाईंंले देख्नुभएको छ। अनुहार देख्नेबित्तिकै तपाईंं हास्न थाल्नुहुनेछ। उहाँहरुले एक दुई शब्द पनि बोल्न थालेपछि त तपाईंं खित्कै छोड्न थाल्नुहुन्छ। यसो किन भयो होला? किनकी उहाँहरुले हास्यब्यंग्य क्षेत्रमा एउटा पहिचान बनाउनु भएको छ।

हास्यब्यंग्यको कैयौं कार्यक्रम उहाँहरुले संंचालन गरिसक्नुभयो। उहाँहरुले औंंला घुमाउँदा, टाउको चलाउँदा, कदम अगाडि बढाउँदा पनि हाँसोको फोहरा उठ्दछ। ब्यक्ति देख्ने बिक्तिकै तपाईंको दिल दिमागमा हसाउने मान्छे हो भन्ने पर्छ। किनकी उहाँहरुले आफ्नो सारा जीवन नै त्यसैमा खर्चिनुभयो।

यति मात्र होइन उहाँहरुको कलामा समाजलाई असल बाटोमा डो¥याउने सन्देशहरु पनि हुन्छन। नकाराात्मकतिरको ब्यंंग्य बाण र सकारात्मक तिरको स्वतःस्फुर्त उद्देश्य र लक्षेले भरिपूर्ण कला भएकाले सूनमा सुगन्ध पनि मिसिएको हुन्छ। यस्तै हास्यब्यंंग्य क्षेत्रमा दिपकराज गीरी, दिपा श्री निरौला, सीताराम कट्टेल, जीतु नेपाल आदि पहिचान बन्दै र बनाउँदै गएका नामहरु हुन्।

यसैले ब्यक्ति त्यही हो पटक पटक उसले जे गर्दछ। तपाईं, म, तिमी हामी ऊ उनी हामीहरु तपाईंहरु सबैमा यो नियम लागु हुन्छ। यसबाट व्यक्तिको पहिचान कसरी बन्छ पुष्टि भयो। निरन्तरता वा पटक पटक दोहर्‍याउने, लत बसाल्ने, त्यस कर्म प्रतिको सोख र चासोले व्यक्तिको पहिचान बनाउन मद्दत गर्दछ।

अब म राजनीतिक क्षेत्रमा आएका स्त्रतन्त्र र नयाँ अनुहारहरुको बारेमा केही कुरा गर्नेछु। उदाहरणका लागि बालेनको डोजर भन्ने बित्तिकै आजकल एउटा पहिचान बनेको छ। बालेनको डोजर आएपछि यसले कसैलाई छोड्दैन। जतिसुकै पावरवाला होस्, जतिसुकै धनी पूँजीपति होस् केही फरक पर्दैन।

बालेनको डोजरले भत्काउन खोजेको कुरा भत्काएरै छाड्छ भन्ने मानिसहरुको मनमा पार्न मेयर बालेन सफल हुनुभएको छ। काठमाडौं माहानगर भित्र बनेका अबैध संरचना हटाउन मेयर बालेन सधै प्रतिबद्ध हुनुहुन्छ भन्ने सन्देश प्रवाह भइरहेको छ।

श्रम र श्रमदानका कुराको सार्बजनिक जीवनमा कतिको महत्व छ भन्ने कुराको ज्ञान दिन धरानका मेयर हर्कसाङपाङ सफल हुनुभएको छ। उहाँले श्रमलाई ज्यादा महत्व दिनुभयो। श्रमदान र चन्दा दानकै भरमा उहाँले ठूला ठूला खानेपानीको आयोजना सीमित समयमा सम्पन्न गर्नुभयो।

मेयर हर्कसाङपाङको श्रमप्रतिको लगाव र चर्चा यति चुलियो की उहाँलाई कतिले कुल्ली मेयर पनि भन्न भ्याए। चुनाव जितेको भोलिपल्टदेखि आजसम्म सार्बजनिक श्रममा उहाँको निरन्तरता देखिन्छ। जिन्दगी शारीरिक श्रम नगरेकाले पनि धरान गएर श्रम गर्नथाले। कति त व्यूटिसियनहरु पनि पुगेका थिए। जसका नङहरु भने लामा लामा थिए।

कति त बिदशी महिला पुरुष पनि धराने खानेपानी आयोजनामा साबेल र बेल्चा चलाइरहेका भेटिन्थे। धरान उपमहानगरपालिकामा एउटा श्रमपार्क पनि बन्यो। यसरी एउटा श्रम गरे के हुँदैन? भन्ने श्रमको पहिचान बन्यो धरान। पहिचानको लागि अथक परिश्रम खर्चिनुपर्छ। कडा मेहनत आवश्यक छ भन्ने उदाहरण धरानले दिन भ्यायो।

यस्तै परनिर्भरतावाट देशलाई बचाउनु छ। यसका लागि देशले नै आत्म निर्भर अर्थतन्त्रकालागि निरन्तर प्रयास गर्नु आवस्यक छ। यसमा राज्यको नेतृत्व कर्ता सजग सादगी परिश्रमी र निरन्तर लाग्ने हुनुपर्दछ। राम्रा कामहरुको पटक पटक पुनराबृत्ति, पराधिनता अस्वीकृत मानसिकताको निरन्तरताले भबिष्यका सन्ततिहरुमा पनि यो बानी बन्छ, चरित्र बन्छ, नेपालको एउटा पहिचान बन्दछ।

यसैगरी बाहुन क्षेत्री किन हरेक क्षेत्रमा अघि, जनजाती र तल्लो भनिएको जात किन पछि? भन्ने एउटा अहम महत्वको मूद्दा छ। यसमा पनि केही कर्म र केही त्यसै कर्मको निरन्तरताले काम गरेको छ। भर्खरै बाहुन क्षेत्रीको बिरोध गरेर अरु जात जाति अघि बढ्न सक्ने वा शिक्षित तथा कुसल भइजाने भन्ने होइन। यसले त झन द्वन्द्व निम्तिने छ। देशमा भएका जनशक्ति समेत डुब्नेछ। केही बैज्ञानिक कारणहरु छन्। निरन्तरता भित्र यसका कारणहरु खोतल्नु आवश्यक छ।

– केही जनजाति भित्र आफ्नै रगतका सन्तानबीच बिबाह गर्ने चलन अहिले पनि बाँकी छ। हाडनाताको सम्बन्धवाट जन्मेको बच्चा मानसिक रुपमा कमजोर हुन्छ भन्ने बैज्ञानिक धारणा छ।

– जाँड रक्सीको ज्यादा प्रचलनले दिमागमा स्थायी रुपमा असर पर्दै जान्छ। निरन्तरको कुनै कर्म वा बानी नै बंंशाणुगत रुपमा पनि यसको असर सर्दै र स्थायित्व ग्रहण गर्दै जीनमा देखापर्न कुरा डार्बिनको सिद्धान्तले नै पुष्टि गरिसकेको कुरा हो।

– बाहुन क्षेत्री बिहानै उठ्ने नित्य कर्म गर्ने, स्नान गर्ने टुप्पी कसेर पढ्ने संंंंंंस्कार बस्दै गयो। ज्ञान गुणको कुरामा बढ्ता ध्यान दिने कुराको निरन्तरता भयो।
केही नकारात्मक थिति त बाहुनले बसाए होलान् नै आफूमा सकारात्मक अवस्था श्रृजना गर्न पनि माथि भनिएको कर्ममा निरन्तरता दिइ सकारत्मकताको प्रवाह संचार गर्न उनीहरु सक्षम भएको देखिन्छ।

कतिपय कुरा त आदिम समाजको निरन्तर बिकास र पहिचानले पनि काम गरेको छ। यसैले भर्खरै बाहुन क्षेत्रीको बिरोध गरेर आफू माथि पुग्ने स्वप्न नदेखि माथिका कर्महरु जो बाहुन क्षेत्रीले गर्दै आएका छन। त्यसैबाट सिक्न र अभ्यस्त बन्न आबश्यक छ। समय त अवश्य खर्च हुनेछ। सकारात्मक जिन्दगीको बिज्ञान सम्वत पाटो भनेको फेरि पनि त्यही हो।

राज्यसंचालकले जातीय रुपमा कोटा प्रणाली लागू गरेर सक्षमलाई होइन तुलनात्मक रुपमा कम सक्षमलाई स्थान दिदा अन्याय हुने मात्र हैन कि समाज पनि पछि पर्दै जान्छ। उन्नति प्रगति गर्ने व्यक्तिको भावना मर्दै जाने हुन्छ। यस्तो कर्मलाई प्रोत्साहन दिनु भनेको सिकारुलाई ड्राइभरको लाइसेन्स दिनु जस्तै हो। समाज कुन भड्खालोमा पुग्ने हो भन्न सकिन्न।

यसैले सक्षमता पनि पटक पटक गरिने प्रयासको निरन्तरता हो। पटक पटकको कर्म, अथक प्रयास र अभ्यासको निरन्तरता नै व्यक्तिको पहिचान बन्ने एक मात्र आधार हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *