राप्ती नदीमा बेपत्ता दुवै जनाको शव भेटियो

डिसी नेपाल
२३ असार २०८१ १४:३४

दाङ । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो ।

उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करिव ९:३० बजे सो नदीले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते नदीले बगाई बेपत्ता भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *