पाकिस्तानको जेएफ-१७ थन्डर लडाकु विमानमा परमाणु मिसाइल जडान

डिसी नेपाल
२३ असार २०८१ १६:०२

काठमाडौं । पाकिस्तानी वायुसेनाले आफ्नो लडाकु जेट जेएफ-१७ थन्डरमा परमाणु क्रुज मिसाइल ‘राद’ जडान गरेको छ। हावामा प्रहार गर्न सकिने यो मिसाइल परमाणु हतियार बोक्न सक्षम छ । पाकिस्तानले आफ्नो पुरानो मिराज फाइटर जेटको सट्टा चीनबाट प्राप्त नयाँ जेएफ-१७ लडाकु विमानलाई अत्याधुनिक हतियारले सुसज्जित गरिरहेको छ।

पाकिस्तानले आफ्नो हवाई आणविक हतियारलाई बलियो बनाइरहेको छ। राद मिसाइल जेएफ-१७ थन्डर फाइटर जेटको पखेटामुनि जडान गरिएको छ। यसको मतलब अब पाकिस्तानले यो नयाँ लडाकु जेट मार्फत कुनै पनि समय परमाणु हमला गर्न सक्छ। पाकिस्तानी सेनाले राद मिसाइललाई हत्फ-८ भन्छ।

यो सबसोनिक एयर लन्च क्रूज मिसाइल हो। पाकिस्तानले सन् २०१२ मा यो मिसाइललाई वायुसेनामा समावेश गरेको थियो । यो मिसाइलको लम्बाइ ४.८५ मिटर रहेको छ । यसको व्यास ०.५ मिटर छ। यो मिसाइलले ४५० किलोग्राम तौलका परम्परागत वा आणविक हतियार बोक्न सक्छ । यो मिसाइलको दायरा ५५० किलोमिटर रहेको छ ।

पाकिस्तानले अब लामो दुरीका मिसनहरूमा सजिलै आणविक आक्रमण गर्न सक्छ। जेएफ-१७ चीन र पाकिस्तानले संयुक्त रूपमा विकसित गरेको हो। यसलाई भारतको एलसीए तेजससँग तुलना गरिएको छ। जेएफ-१७ फाइटर जेटको नयाँ भेरियन्ट अर्थात् ब्लक-३ मा जे-२० फाइटर जेटको स्टिल्थ प्रविधि दिइएको छ। साथै यसलाई अलिकति हल्का बनाइएको छ ।

पाकिस्तानसँग हावाबाट जमिनमा प्रहार गर्न सक्ने हत्फ–८ मिसाइल छ । जसमा आणविक हतियारहरू तैनाथ गर्न सकिन्छ। यसबाहेक शाहिन–१ र शाहिन–२ मिसाइल पनि छन् । यी मध्यवर्ती दूरीका ब्यालिस्टिक मिसाइल हुन्। यसबाहेक मध्यम दूरीको गौरी मिसाइल पनि छ । जमिनबाट प्रहार गर्ने क्रुज मिसाइल बाबर पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *