एमालेले मंगलबार बोलायो सचिवालय बैठक

डिसी नेपाल
२३ असार २०८१ २१:४०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *