टोकियोको पहिलो महिला गभर्नरले लगातार तेस्रो पटक चुनाव जितिन्

डिसी नेपाल
२४ असार २०८१ १४:४६

काठमाडौं । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने निश्चित भएको छ ।

जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन् ।

उनको जित राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि राहत हुनेछ।

फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई टोकियो गभर्नरेटरी चुनावमा तेस्रो पटक समर्थन गरेको छ ।

युरिको कोइके पहिलो पटक सन् २०१६ मा निर्वाचित भएकी थिइन् । उनले सन् २०२० मा दोस्रो पटक चुनाव जितेकी थिइन् ।

रूढिवादी गभर्नरले कोरोनाभाइरस महामारी र २०२१ मा ग्रीष्मकालीन ओलम्पिकको समयमा सहरको सफलतापूर्वक व्यवस्थापन गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *