बेपत्ता श्रीमतीको खोजीमा श्रीमानले अजिंगरलाई काटे, पेटमा श्रीमतीको शव भेटियो

डिसी नेपाल
२४ असार २०८१ १६:२४

काठमाडौं । इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । सर्पले मानिसलाई खाने घटना विरलै भए पनि इन्डोनेसियामा पछिल्लो एक महिनामा यो दोस्रो घटना हो ।

पछिल्लो घटना दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँको हो।

इन्डोनेसियाका प्रहरीका अनुसार मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो बच्चाको लागि औषधि लिन घरबाट निस्किएकी थिइन् तर उनी बेपत्ता भएकी थिइन् ।

पछि उनका श्रीमान् आदियान्साले गाउँमा आफ्नो घरबाट ५०० मिटर पर सिरियतीको चप्पल र अन्य लुगा फेला पारेको अधिकारीहरूलाई बताए।

बीबीसी इन्डोनेसिया सेवासँग कुरा गर्दै स्थानीय प्रहरी प्रमुख इदुलले श्रीमान् अदियान्साले जिउँदै अजिंगर फेला पारेको बताए ।

अजिंगरको पेट फुलेको देखेर उनलाई शंका लाग्यो र उनले अजिंगरको पेट काटिदिए । उसको पेट भित्र उनले आफ्नी श्रीमतीको शव फेला पारे, जो मृत अवस्थामा थिइन्।

यसअघि जुनको सुरुमा दक्षिण सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निल्यो।

यो घटनापछि यहाँको प्रहरीले सर्वसाधारणलाई अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सुरक्षाका लागि सधैँ चक्कु साथमा राख्न सुझाव दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *