मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा

डिसी नेपाल
२४ असार २०८१ १९:२८

मुग्लिन। पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *