अरनिको राजमार्ग अन्तर्गत पचास किलो क्षेत्रमा सडक अवरुद्ध

डिसी नेपाल
२५ असार २०८१ ६:४४

काभ्रे। अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित ५० किलो क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो करिब सय मिटर जति भएकेाले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने काम भने सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *