महोत्तरीको रातु नदीको बहाव बढ्यो

महोत्तरी। महोत्तरीको रातु नदीको बहाव बढेको छ।
गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो। जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ।
स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ।
प्रतिक्रिया
Facebook Comment