युरोकपको सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै

डिसी नेपाल
२५ असार २०८१ १३:१०

काठमाडौं। जारी युरोकपको सेमीफाइनलको पहिलो खेल आज राति हुँदै छ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२ः ४५ बजेदेखि सुरु हुँदैछ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। स्पेनले जर्मनीलाई २(१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन्। जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन्।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ। स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो।

यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्स भन्दा स्पेन अगाडी देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ। तर क्वाटरफाइनलमा  उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले  जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ।

त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान किलीयन एम्बाप्पेको प्रदर्शन हो। एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *