के धेरै चिनी खाँदा आँखाको ज्योति गुम्न सक्छ? के भन्छन् डाक्टर ?
काठमाडौं। खानेकुरामा अत्यधिक मात्रा भएमा स्वास्थ्यका लागि हानिकारक मानिने दुईवटा चिनी र नुन हुन् । अत्याधिक नुनका कारण रक्तचाप र मुटु सम्बन्धी समस्याको जोखिम हुन्छ भने अत्यधिक चिनीका कारण मधुमेहलगायत अन्य धेरै दीर्घकालीन रोगको जोखिम हुन्छ । तर के तपाईलाई थाहा छ चिनी बढी भएको खानेकुरा खाँदा पनि आँखामा नकारात्मक असर पर्न सक्छ ।
स्वास्थ्य विज्ञहरू भन्छन् कि चिनी खाँदा मधुमेहको जोखिम बढ्छ, यसबारे पनि धेरै चर्चा भएको छ । जसका कारण आँखा जस्ता संवेदनशील अंगलाई पनि ख्याल नगरेमा नराम्रो असर पर्न सक्छ । यति मात्र होइन मिठाईको अत्याधिक सेवनले तपाईको आँखाको ज्योति पनि जान सक्छ ।
धेरै मात्रामा चिनीको सेवन हानिकारक हुन सक्छ। स्वास्थ्य विज्ञहरू भन्छन्, हामीमध्ये अधिकांशले दिनहुँ निर्धारित मात्राभन्दा बढी चिनी खपत गरिरहेका हुन्छौँ । अत्यधिक चिनीले तपाईको आँखा लगायत तपाईको समग्र स्वास्थ्यलाई गम्भीर हानि पुर्याउन सक्छ। अध्ययनहरूले चिनीलाई आँखाका धेरै गम्भीर अवस्था र रोगहरूसँग पनि जोडेको छ।
चिनीको अत्याधिक सेवनले रगतमा चिनीको मात्रा बढ्न थाल्छ, जसले आँखाको नसालाई हानि पुर्याउँछ । जसले आँखा सम्बन्धी धेरै रोगहरूको जोखिम बढाउँछ।
अत्यधिक चिनीको कारण मधुमेह रेटिनोप्याथीको जोखिम हुन्छ।
वैज्ञानिकहरूले धेरै अध्ययनहरूमा देखाएका छन् कि अधिक चिनी (सेतो चिनी, गुलियो पेय पदार्थ र खानाहरू) ले केही समयपछि मधुमेह रेटिनोप्याथीको जोखिम बढाउँछ। मधुमेह रेटिनोप्याथी एक जटिलता हो जुन टाइप-१ र टाइप-२ मधुमेह भएका मानिसहरूमा हुन्छ। यदि यसलाई उपचार नगरी छोडियो वा चिनीको मात्रा अनियन्त्रित रह्यो भने, यसले दृष्टि गुमाउन वा अन्धोपन निम्त्याउन सक्छ।
डायबेटिक रेटिनोप्याथीमा रगतमा चिनीको मात्रा बढेपछि रेटिनामा रहेका नाजुक साना रक्तनलीहरू बिग्रन थाल्छन्। कतिपय मानिसमा यसले रगत बग्ने र आँखा भित्र दाग पनि निम्त्याउँछ।
अत्याधिक चिनी खानेहरूमा आँखा सम्बन्धी अर्को रोग ग्लुकोमाको जोखिम पनि उल्लेखनीय रूपमा बढ्छ। उच्च रक्त शर्करा र अनियन्त्रित इन्सुलिन स्तरले आँखामा रक्त नलीहरू साँघुरो हुन सक्छ र तरल पदार्थ निर्माण गर्न सक्छ। यो समस्यालाई समयमै ध्यान दिएन भने ग्लुकोमाको जोखिम पनि बढ्छ ।
ग्लुकोमाको अवस्थामा, आँखामा उत्पादन हुने तरल पदार्थले भित्रको दबाब बढाउँछ, जसले अप्टिक नर्भलाई क्षति पुर्याउने जोखिम निम्त्याउन सक्छ।
के भन्छन् डाक्टर ?
तपाईलाई मधुमेह होस् वा नहोस्, खानामा चिनीको मात्रा नियन्त्रणमा राख्नु जरुरी रहेको स्वास्थ्य विज्ञहरु बताउँछन् । चिनीबाहेक गुलियाे पेय पदार्थ, चिसो पेय पदार्थ र स्पोर्ट्स ड्रिंक्सले पनि चिनीको मात्रा र आँखाको समस्याको जोखिम बढाउँछ । वयस्कहरूले प्रति दिन २५.३० ग्रामभन्दा बढी चिनी वा अन्य मिठा वस्तुहरू सेवन गर्नु हुँदैन। यसका साथसाथै हरेक वर्ष आँखाको जाँच गराइरहनु जरुरी छ जसले गर्दा आँखा सम्बन्धी कुनै पनि प्रकारको समस्याबाट बच्न सकिन्छ ।
Facebook Comment