बुमराह बने जुन महिनाको उत्कृष्ट क्रिकेटर

डिसी नेपाल
२५ असार २०८१ १६:१६

काठमाडौं। भारतका तिब्रगतिका बलर जसप्रित बुमराह जुन महिनाको आइसीसी प्लेयर अफ द मन्थ बनेका छन्।

हालै सम्पन्न टी–२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पार्दै जुन महिनाको उत्कृष्ट खेलाडी बनेका हुन्।

उनले विश्वकपमा १५ विकेट लिएका थिए। उनी टी–२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट समेत बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *