गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

डिसी नेपाल
२५ असार २०८१ २०:३६

काठमाडौं। पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन्।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए। उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन्। हालै सम्पन्न टी–२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४ हजार१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी–२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *