गाजामा विस्थापितहरूको शिविरमा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । दक्षिणी गाजामा एउटा विद्यालयबाहिर विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले खान युनिसको पूर्वमा रहेको अब्साना अल-कबिरा सहरमा रहेको अल-अव्दा विद्यालयको गेटमा हवाई आक्रमण भएको जनाएको छ।
इजरायली सेनाले “हमासको सैन्य शाखाका आतंकवादीहरूलाई” निशाना बनाउन “सटीक हतियार” प्रयोग गरेको बताएको छ।
सेनाले दाबी गरेको छ कि संदिग्धहरूले अक्टोबर ७ मा इजरायलमा आक्रमणमा भाग लिएका थिए। इजरायली सेनाले यस हमलामा अल-अव्दा स्कूल नजिकै विस्थापित व्यक्तिहरूको शिविरमा सर्वसाधारणको मृत्यु भएको रिपोर्टको अनुसन्धान भइरहेको जनाएको छ।
एक साताअघि इजरायली सेनाले अबासान अल–कबिरा र खान युनिसको पूर्वी क्षेत्रहरू खाली गर्न आदेश दिएको थियो। जसका कारण त्यहाँबाट हजारौं मानिस बाहिरिएका थिए ।
बीबीसीले प्रत्यक्षदर्शीहरूसँग कुरा गर्यो जसले उक्त क्षेत्रमा ३ हजारभन्दा बढी विस्थापित व्यक्तिहरू रहेको बताए। उनीहरूले आक्रमणको भयावहताको बारेमा पनि बताए।
आक्रमणले व्यापक विनाश निम्त्याएको छ र मृतकहरूमा महिला र बालबालिकाहरू समावेश छन्।
अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा १,२०० मानिस मारिए र गाजामा २५१ जनालाई बन्धक बनाइयो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म ३८ हजार २ सय ४० जनाको ज्यान गएको छ ।
Facebook Comment